मलाई बधाई दिन फोन नगर्नुहोला, खादा-माला नल्याउनुहोला- नवनियुक्त शिक्षा मन्त्री महावीर पुन

Thankot Times

थानकोट ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न अनुरोध गरेका छन् ।

मन्त्रीको शपथ लिनुअघि पुनले आज सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई बधाईका लागि फोन नगर्न र खादा-माला नल्याउन अनुरोध गरेका हुन् । उनले बधाईको साटो शिक्षा क्षेत्र सुधारका लागि केही योजना भए ह्वाट्सएपमा पठाउन भनेका छन् ।

‘मेरो पहिलो घोषणा-कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा मा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’ पुनले लेखेका छन् ।’

नवनियुक्त मन्त्रीहरूले आज दिउँसो २ बजे सपथ लिँदैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *