वेष्ट इण्डिजसँग युनिटि कप खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
थानकोट ।
युनिटी कप खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा (भिसा) पाएसँगै सोमबार यूएई प्रस्थान गर्न लागेको हो ।
नेपाली क्रिकेट टोलीले विश्व विजेता वेस्ट इन्डिजसँग यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको थियो ।
नेपालमा जेन-जी प्रदर्शनपछि यूएईले नेपालीलाई भिसा दिन रोकेको छ ।














