जेन-जी आन्दोलनका तोडफोडमा उत्रिएका कर्मचारी र जनप्रतिनिधिमाथि कारबाही हुने

थानकोट ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीहरूलाई कारबाही गर्ने भएको छ ।

नगरपालिकाले यस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएका जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ । घटनाको छानबिन गर्न नगरप्रमुख शम्भुलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

नगरपालिकाका नगरप्रमुख श्रेष्ठका अनुसार, तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा–सुविधा रोक्का गरिने छ भने कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही गरिने छ ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार, प्रमाण भेटिएका आधारमा उनीहरूमाथि कानुन अनुसार कारबाही गरिने छ । प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना जनप्रतिनिधि र कर्मचारीहरू घटनामा संलग्न रहेको पाइएको नगरपालिकाले जनाएको छ । यद्यपि, अनुसन्धान चलिरहेकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन्।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *