सुनकाे भाउ बढ्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य सोमबार (असोज ६) तोलामा ७०० रुपैयाँले बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ ।

यस दिन सुनको मूल्य तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको भदौ ३१ गते सुनको मूल्य तोलाको दुई लाख १७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो ।

आइतबार (असोज ५) पनि सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ६६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ६२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य एकैदिन तोलामा ४० रुपैयाँले बढेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *