८ सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीहरूको वरीयता निर्धारण (सूचीसहित)
थानकोट ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री कार्कीपछिको वरीयतामा अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाल छन् ।
तेस्रो वरीयतामा ऊर्जा र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र चौथो वरीयतामा गृह मन्त्री ओम प्रकाश अर्याल रहेका छन् ।
यस्तै पाँचौ वरीयतामा तीन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा रहेका छन् ।
उनले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय पाएका छन् भने त्यसपछिको वरीयतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन छन् ।
यस्तै सातौँ वरीयतामा कृषि मन्त्री मदन प्रसाद परियार हुँदा सञ्चार मन्त्री बनेका जगदीश खरेलको वरीयता पुछारमा रहेको छ ।













