बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा भने मध्यम वर्षा हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ । 

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका तथा तराई भू-भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी र बागमती प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भू-भागमा साधारणतया बदली रहने बताएको छ ।

बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ ।

स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *