साफ यू-१७ च्याम्पियनसिप: सेमीफाइनलमा नेपाल र भारत तथा पाकिस्तान र बंगलादेशबीच खेल हुने

Thankot Times

थानकोट ।

जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सोमबार च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा विजयी भएसँगै भारतले नेपालसँगको भेट पक्का गरेको हो ।

भारतले पाकिस्तानलाई ३–२ ले हरायो ।

कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन डल्लामलुओन गाङ्टे, गुनलेइबा वाङखेरकपाम र रहन अहमदले समान एक गोल गरे ।

पाकिस्तानका महोम्मद अब्दुल्हा र हम्जा यासिरले समान एक गोल फर्काएका थिए ।

नेपालले समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

भारत समूह ‘बी’को विजेता बन्यो ।

समूह चरणमा नेपालले तीन अंक जोडेको थियो ।

नेपालले समान एक जित र हार आत्मसात् गरेको हो ।

भारतले तीन खेलमा शतप्रतिशत जितसहित नौ अंक बनायो ।

अर्को सेमीफाइनलमा समुह ए को विजेता बंगलादेशले समुह बी को उपविजेता पाकिस्तानको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *