उस्मान डेम्बेले र एइटाना बामोटीलाई ‘बालोन डी’ओर अवार्ड
थानकोट।
पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको ‘बालोन डी’ओर अवार्ड जितेका छन्।
डेम्बेलेले भिटिनिया र युवा स्टार लामिन यमाललाई पछि पर्दै अवार्ड उचालेका हुन्।
पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्णा खेल प्रदर्शन गरेका डेम्बेलेले फ्रेन्च वान लिगको उपाधिका लागिसमेत महत्त्वपूर्ण खेल प्रदर्शन गरेका थिए।
२०२५ मा डेम्बेलेले फ्रेन्च क्लब पिएसजीका लागि ३५ गोल गरेका छन्।
फिफा क्लब विश्वकप फाइनल पुग्नुमा उनको योगदान छ।
यो सिजन फ्रेन्च क्लबका लागि उत्कृष्ट ठहरिएका उनले यो महत्त्वपूर्ण अवार्ड जितेका हुन्।
त्यसैगरी महिलातर्फको अवार्ड एइटाना बामोटीले लगातार दोस्रो पटक जितेकी छन्। उनी स्पेनिस क्लब बार्सिलोनाकी खेलाडी हुन्।
तस्बिरः गेटी इमेज














