नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
थानकोट ।
नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो ।
जर्सीमा पहिलेको भन्दा केही कुराहरूमा परिमार्जन गरिएको छ ।
नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ । त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ ।
त्यस्तै जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ ।
जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।
यसअघि नेपालको नाम लेख्दा पहेंलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ ।
नेपाली क्रिकेट टोली पनि वेस्ट इन्डिजसँगको शृंखला खेल्न आजै बेलुकी यूएई प्रस्थान गरेको छ ।
नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी-२०आई शृंखला खेल्दै छ ।














