राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजे बस्नेछ ।

बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा रहेको रास्वपाले जनाएको छ ।

पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशन सम्बन्धमा पनि छलफल हुने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *