मातातिर्थका पानी उद्योगमा खाद्य विभागको अनुगमन, तीन वटा पानी उद्योगमा कैफियत भेटियो

Thankot Times

थानकोट ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज ४, ५ र ६ गते काठमाडाैं उपत्यकाभित्रका विभिन्न उद्योग एवं व्यवसायहरूको निरीक्षण, अनुगमन गरेको छ ।

सो क्रममा ६० वटा उद्योग एवं व्यवसायहरूको निरीक्षण, अनुगमन भएको विभागले जनाएको छ ।

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्सना श्रेष्ठका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापा कम्पनी लिमिटेड, नेबिको लिमिटेड, लगायतमा समेत अनुगमनका क्रममा कैफियत भेटिएको छ ।

यस्तै, चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थका विभिन्न ३ वटा खानेपानी कम्पनीमा समेत अनुगमनका क्रममा कैफियत भेटिएपछि जार तथा बोतलको नमुना संकलन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *