तीनजना सचिवको सरुवा, गृहमा रामेश्वर दंगाल

Thankot Times

थानकोट ।

सरकारले तीनजना सचिवको सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

दुवाडी गतवर्ष भदौ २१ गते गृहसचिव भएका थिए ।

यसैगरी, रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा पठाइएको छ ।

राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *