मुग्लिङ-नारायणगढ सडककाे पहिरो पन्छाउन सुरु, दिनभरमा खुल्छ हाेला सडक ?

Thankot Times

थानकोट ।

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइनखोलाको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सडकमाथिबाट थप पहिरो खसेको अवस्थामा पहिरो पन्छाउन दिनभर लाग्ने भएको हो । यसबीचमा थप पहिरो आएमा भने समस्या हुनेछ ।

सडक डिभिजन भरतपुरले मंगलबार दिउँसो ४:५० बजेतिर गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रूपमा बन्द रहेको जनाएको छ । सडक डिभिजनले पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं डीएसपी रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्य (९८५५०९२२१८)लाई सम्पर्क गर्न भनिएको छ ।

गत शुक्रबार दिउँसोदेखि चितनवको इच्छाकामना गाउँपालिका-५ तुइनखोला क्षेत्रमा पहिरो खसिरहेको छ ।

चाडपर्वको मुखमा पहिरोले बाटो अवरुद्ध हुँदा यस सडक खण्ड भएर यात्रा गर्नेहरू समस्यामा परेपछि वैकल्पिक सडक प्रयाेग गर्न प्रहरीले सुझाएकाे छ ।

तस्बिर: सडक डिभिजन, भरतपुर


Leave a Reply

Your email address will not be published. Required fields are marked *