रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
मंगलबारबाट केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बस्ने भएको हो ।
मंगलबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पछिल्लो जेन जेड प्रदर्शनका क्रममा नख्खु कारागार पुगेका नेताहरूबारे आपत्ति जनाएका छन् ।
सभापति रवि लामिछाने कारागारबाट छुट्ने भएपछि केन्द्रीय नेताहरूसमेत नख्खु कारागार पुगेका थिए ।
प्रवक्ता मनिष झाले आगजनीमा संलग्न टोलीलाई उक्साएको भिडियो समेत भाइरल बनेको थियो ।
सो विषयमा हिजो (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा झाले आपत्ति जनाएका थिए ।
यद्यपी बैठकमा भने अधिकांश नेताहरूले प्रश्न उठाएका छन् ।
जेन जेड आन्दोलनको स्वामित्व पार्टीले लिन नसकेकोप्रति पनि अधिकांश नेताहरूले टिप्पणी गरेका थिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थली च:मतिमा अपराह्न १ बजे सुरु हुनेछ ।












