मंगलबार बेलुकी केहीबेर चन्द्रागिरि क्षेत्र अन्धकार हुनुको कारण यस्तो रहेछ
थानकोट ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मंगलबार साँझ (असोज ७) विद्युत् सेवा अवरुद्ध भयो ।
कपिलवस्तु मोतीपुरमा प्रणाली आउटेजभएपछि समग्र प्रणालीमै समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कुलेखानीको सिस्टम सटडाउन भएको र खिम्ती लामोसाँघु प्रसारण लाइन अवरुद्ध भएको कारण पनि सिस्टम उठाउन समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको भनाइ छ ।












