तुइन खोलामा पहिरो गएपछि शर्माले फेरि सम्झाए चन्द्रागिरि-चितवन एक्सप्रेस-वेको महत्व
थानकोट ।
मुग्लिङ-नारायणगढ सडक खण्डको तुइन खोला क्षेत्र अहिले चर्चामा छ ।
चाडपर्वका लागि गाँउघर जान हिँडेका यात्रुहरूले तुइनखोलाको पहिरो कहिले हट्ला भनेर घडी हेरिरहेका छन् ।
मंगलबार अपरान्ह ठूलो पहिरो खसेपछि सो सडक पूर्णरुपमा अवरुद्ध छ ।
सो पहिरो पन्छाउने काम भइरहेपनि तत्काल पहिरो पन्छने छाँट छैन् ।
तुइनखोलामा पहिरो गएको सन्दर्भमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले बुधबार बिहान सामाजिक सञ्जालमा आफुले २०७९ जेठ १५ गते बजेट भाषणमा समेटेको चन्द्रागिरि-पालुङ-चितवन द्रुत मार्गको अवधारणाको औचित्य पुष्टी भएको जनाएका छन्, उनले लेखेका छन्-
ठाउँ-ठाउँमा पहिरो खस्ने, खाेलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुककाे यातायात चाप धान्न सक्दैन। हरेक वर्ष जनधनको ठूलाे क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दु:ख र आर्थिक बिकासकाे बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं।
१ घण्टामै तराई पुग्नका लागि चन्द्रागिरि-पालुङ-चितवन द्रुत मार्ग बनाइने












