चेकपोस्टकी महिलाकाे दहचाेकमा विभत्स हत्या, आराेपित पक्राउ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं १ दहचाेकमा एक महिलाकाे हत्या भएको छ।

प्रहरी प्रभाग बलम्बुका अनुसार बुधबार बिहान करिब ११ बजे दहचाेक खहरेमा एक महिलाकाे हत्या भएका सूचनाका आधारमा प्रहरी निरीक्षककाे कमाण्डमा खटिएको प्रहरी टाेलीले चन्द्रागिरि नगरपालिका-०६ चेकपोस्ट वतन भएकी करिब ६८ वर्षीया पवित्रा केसीलाई टाउकाेमा गहिराे चाेट लागेको अवस्थामा मृत फेला पारेको हाे । मृतकको टाउकोमा दाउराले प्रहार भएको जस्ताे देखिन्छ घटनास्थलमा पुगेका एक स्थानीयले भने।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको अभियाेगमा एक जना पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।

मृतक महिलाको शव हाल परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीकाे भनाइ छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *