धादिङमा भीषण पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध , नागढुङ्गामा सवारीसाधनकाे लाम
थानकोट ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको बेनिघाट राेराङ गाउँपालिका-१० जवान खाेलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ।
बुधबार साँझ सडकमा भारी मात्रामा पहिराे खसेपछि अहिले सडकमा सवारीसाधन आवागमन ठप्प बनेको छ।
प्रहरी कार्यालय गजुरीका अनुसार पहिराे तत्काल हट्ने सम्भावना छैन् ।
यता, काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई ट्राफिक प्रहरीले नागढुङ्गा नाकामा धादिङमा गएको पहिराेका बारेमा सम्झाइ बुझाइ गर्न थालेको छ। सडकको अवस्था बुझेर मात्रै गन्तव्यस्थलतर्फ जान र लेन अनुशासनकाे पालना गर्न सवारी चालकलाई अनुराेध गरिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ।
नागढुङ्गा क्षेत्रमा अहिले बेलुकी वर्षा समेत भइरहेको छ।
पृथ्वी राजमार्गको धादिङ खण्डमा वर्षात सुरु भएयता पटक–पटक पहिरो खस्ने क्रम बढ्दै गएको छ। आजको वर्षाले त्यसमाथि थप समस्या निम्त्याएकाले यात्रुहरू कठिनाइमा परेका छन्।
मुग्लिङ-नारायणगढ सडक खण्डको तुइन खाेलामा मंगलबार भीषण पहिराे खसेपछि सडक पूर्णरूपमा ठप्प छ।












