साफ यू-१७ च्याम्पियनसिपको सेमीफाइनल खेल आज, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
थानकोट।
साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत सेमिफाइलन खेलहरू आज (बिहीबार) हुँदैछ ।
समुह ए को उपविजेता नेपालले आज (बिहीबार) समुह बी को विजेता भारतसँग भिड्दै छ । श्रीलंकाको कोलम्बोस्थित रेसकार्स रंगशालामा नेपाली समयअनुसार साँझ ७ः३० बजे हुनेछ ।
सो अघि पहिलो सेमीफाइनल खेलमा दिउँसो ३ बजे बंगलादेश र पाकिस्तानबीच हुनेछ ।
नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको थियो । समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।
भारतले भने समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । समूह ‘बी’ मा नौ अंक बनाएको उसले पाकिस्तानलाई ३–२, भुटानलाई १–० र माल्दिभ्सलाई ६–० ले हराएको थियो ।
फाइनल खेल शनिबार साँझ ६ बजे हुनेछ ।














