पृथ्वी राजमार्गअन्तर्गत जवाङखोलामा खसेको पहिरो पन्छियो, धादिङ जिल्लामा छैन अवरोध

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोलामा अवरुद्ध सडक सुचारु भएको छ ।

बिहान ३ बजे पहिरो पन्छाएसँगै सवारी आवागमन सुचारु भएको छ । 

मंगलबार बिहान उक्त स्थानमा ठूलो सुक्खा पहिरो खसेको थियो । उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।

तर, सोही ठाउँमा बुधबार साँझ पुनः पहिरो खसेपछि सडक ठप्प भएको थियो । 

धुनिबेसी नगरपालिका–१०, ठूलोखोला–धार्के–सीतापाइला सडक खण्ड, बेनिघाट रोराङ गाउँपालिका–१०, बाँदरेमोडमा ढुंगासहितको पहिरो खसेर बाटो दुईतर्फी अवरोध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तुइन खोलानजिकको पहिरोका कारण मुग्लिङ–नारायणगढ सडकखण्ड पनि अवरुद्ध छ ।

संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका काठमाडौं–मुग्लिङ र मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । 

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *