यसकारण अहिले नेपाल टेलिकमको नेटवर्कमा फोन लागिरहेको छैन्
थानकोट ।
नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ ।
टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको उनको भनाइ छ ।
अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ । ‘भ्वाइसको समस्या पिन प्वाइन्ट भयो, यो समाधान भइसकेको छ । डाटा अझै डिस्टर्ब, प्राविधिक साथीहरु यसमा काम रहनुभएको छ, छिटै समस्या समाधान होला,’ उनले भने ।












