बजारमा आज सुनचाँदीको भाउ के कति छ ?
थानकोट।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
बुधबारको तुलनामा छापावाल सुन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको हो ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
बुधबार भने सोही सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम थियो ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा २ हजार ७ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ६ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।












