सतुङ्गलमा हुलास आल्मुनियमले खाेल्याे बिक्री शाखा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलमा हुलास आल्मुनियमको नयाँ बिक्री शाखा खुलेको छ ।

औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास आइरन इन्डस्ट्रिज लिमिटेडको आल्मुनियम शाखाले आफ्नो नयाँ बिक्री शाखा विस्तार गरेको हो ।

अर्गनाइजेशनका निर्देशक हिमांशु गोल्छाले एक कार्यक्रमकाबीच गत सोमबार (घटस्थापनाको अवसरमा) उक्त बिक्री शाखाको शुभारम्भ गरेका हुन् ।

कम्पनीका अनुसार अब उपत्यकाका ग्राहक तथा व्यवसायीले आल्मुनियमका झ्याल, ढोका, फ्रेम, जस्तापातालगायतका सामग्री सही मूल्य र गुणस्तरमा सिधै शाखाबाट खरिद गर्न सक्ने जनाइएको छ ।

सन् १९९० मा स्थापना भई जस्ता पाता उत्पादनमा ख्याति कमाएको उक्त उद्योगले स्टिल तथा आल्मुनियमका विभिन्न सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *