थानकोटस्थित सुजल डेरीमा खाद्य विभागको अनुगमन, कैफियतमा जनाइयो यी कमजोरी
थानकोट ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज ९ गते बिहीबार काठमाडाैं उपत्यकाभित्रका विभिन्न उद्योग एवं व्यवसायहरूको निरीक्षण, अनुगमन गरेको छ ।
सो क्रममा ७ वटा उद्योग एवं व्यवसायहरूको निरीक्षण, अनुगमन भएको विभागले जनाएको छ ।
मातातिर्थका पानी उद्योगमा खाद्य विभागको अनुगमन, तीन वटा पानी उद्योगमा कैफियत भेटियो
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्सना श्रेष्ठका अनुसार सो क्रममा दुग्ध उद्योग, प्याकेजिङ उद्योग, खाद्य उद्योगसमेतमा अनुगमनका क्रममा कैफियत भेटिएको छ ।
यस्तै, चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटस्थित एक डेरी उद्योग र चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित एक खाद्यान्न उद्योगमा अनुगमनका क्रममा कैफियत भेटिएपछि सुधारका लागि निर्देशन दिइएको बताइएको छ ।












