नवरात्रिकाे पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

Thankot Times

थानकोट ।

बडादशैं अन्तरगत नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन्।

स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता रहेको हो। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्द (कुमार) रहेका छन्।

यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ।

नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *