कस्ताे रहला आज शुक्रबारको माैसम ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज शुक्रबार वर्षाको सम्भावना छ ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको पूर्वानुमान छैन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशलगायत देशको पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।












