सुनको भाउ तोलामा १ हजार दुई सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने यो साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ हिजोको तुलनामा आज बढेको छ ।

यसदिन सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँ थियो । असोज ८ गते बुधवार अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख २३ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ आज शुक्रबार तोलामा ५५ रुपैयाँले बढेर तोलाको दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदीको भाउ प्रति तोलाको दुई हजार ६ सय ८५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *