प्रधानसेनापति ट्रफी सम्पन्न, सतुङ्गलकी सानुमायालाई उत्कृष्ट महिला खेलाडी पुरस्कार

Thankot Times

थानकोट ।

प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

भदौ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको थियो ।

प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा शुक्रबार प्रतियोगिातको समापन गरिएको हो ।

प्रतियोगितामा उपत्यका पृतना प्रथम भयो ।

श्री नं.१६ बाहिनी अड्डा द्वितीय भयो ।

गणतर्फ पुरानो गोरख गण प्रथम र श्री जगदल गण द्वितीय भयो ।

विजयी टिमलाई प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव लगायतले पुरस्कार प्रदान गरे ।

यसैबीच प्रधानसेनापति ट्रफी-२०८२ मा उत्कृष्ट महिला खेलाडी पुरस्कार चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठानका सिनियर खेलाडी सानुमाया थिंङ प्राप्त गरेकी छन् ।

पुरस्कार बापत उनले नगद २५ हजार रुपैयाँसमेत प्राप्त गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *