मन्त्रिपरिषद् बैठकले गरेका १९ वटा निर्णय सार्वजनिक
थानकोट ।
मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक भएको छ ।
शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।
खरेलका अनुसार बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्र र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्न जनकराज शर्मालाई जिम्मेवारी तोक्ने, सहसचिवहरू डा रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्नेलगायतका १९ निर्णय भएको खरेलले बताए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः













