असोज १५ देखि १७ गतेसम्म मनकामना केबलकार सेवा बन्द रहने
थानकोट ।
देशकै पहिलो केबलकार सेवा मनकामना केबलकार सेवा असोज १५ देखि १७ गतेसम्म बन्द रहने भएको छ ।
मनकामना केबलकारको प्रवर्द्धक मनकामना दर्शन प्रालिले शनिबार एक सूचना जारी गर्दै बडा दशैंका तीन दिन केबलकार सेवा बन्द रहने जनाएको हो ।
असोज १५ गते महानवमी, असोज १६ गते विजया दशमी र असोज १७ गते एकादशीका दिन केबलकार सेवा बन्द रहने कम्पनीद्धारा जारी सूचनामा भनिएको छ ।
असोज १८ गते शनिबारबाट सो केबलकार सेवा पूर्ववत्ः सुचारु हुने बताइएको छ ।
सूचना हेर्नुहोस्ः













