हाहु गर्नेलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छाैं ?

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार कहाँ भयो देखाउन चुनौती दिएका छन् ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारको आरोप मात्रै लगाएर नहुने बताए ।

उनले अहिलेको सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको टिप्पणी गरे । “जेनजी सरकार भनिने यो सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट बनेको होइन । यो तोडफोड, आग्जनीको माध्यमबाट बनेको हो,” उनले भने ।

ओलीले आफूहरूको पासपोर्ट रोक्का गर्न लागेको भनेर सरकारले हल्ला चलाएको बताए । “अहिले विभिन्न प्रकारका हल्ला चलाएको सुन्छु । पासपोर्ट रोक्ने । के ठानेको छ ? यो हा हु को सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ? के सोच्या ? हामीले यो देश बनाउनुपर्नेछ,” उनले भने ।

ओलीले देशलाई संवैधानिक मुलधारमा ल्याउने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *