एमाले अध्यक्ष ओलीले गुण्डुस्थित निवासमा बोलाए सचिवालय बैठक

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

आफूले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठक भोलि (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको उनले बताए।

बैठकमा देशको समसामयिक परिस्थिति, जेन-जी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *