जेन-जी आन्दोलनका घाइतेको स्वास्थ्य स्थिति बुझ्न शिक्षा मन्त्री पुन अस्पतालमा
थानकोट ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य स्थिति र उपचारको अवस्थाबारे जानकारी लिएका छन्।
गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वामा भएको आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन्।
सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्न गरेको निर्णय कार्यान्वयनमा आएको जानकारी उनले घाइतेलाई दिए।
साथै उनले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ।












