काठमाडौँबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

Thankot Times

थानकोट।

प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्तीबाट रिभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले  जानकारी दिइन् ।

उनले भनिन्–  ‘प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित फेला पारी पक्राउ गरेको हो ।’ 

पक्राउ परेका निज तामाङका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *