कोजाग्रत पूर्णिमाको दिन हुँदै आएको चियापान कार्यक्रम यस वर्ष स्थगित
थानकोट ।
नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरेको छ।
भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाक्रम र देशभर फैलिएको शोकपूर्ण वातावरणलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको काँग्रेसले जनाएको छ।
आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीको ज्यान गएको, सरकारी तथा निजी संरचनामा क्षति पुगेको र पार्टी नेतामाथि आक्रमण भएको कारण चियापान कार्यक्रम यस वर्ष स्थगित गरिएको हो।
काँग्रेसले राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको समेत जनाएको छ।












