नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दै

Thankot Times

थानकोट।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी नगरमा बस्ने गरी बैठक बोलाइएको हो। 

पार्टी सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलन, समसामयिक राजनीतिक र सांगठनिक छलफलका लागि बैठक बोलाएका हुन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुनेछन्।

यसैबीच नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘चाडवाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुवेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरि ध्यस्त पारिएको अवस्थाको “यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिक बीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ” भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान—प्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने कुरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *