नेकपा एमाले सचिवालय बैठक आज भक्तपुरको गुन्डुमा बस्दै
थानकोट ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् ।
आज (असोज १२) दिउँसो १ बजे भक्तपुरको गुन्डुमा बस्ने गरी उनले बैठक तय गरेका हुन् ।
‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ ।
गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् ।
आन्दोलनपछिको अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण, आउँदो रणनीतिबारे बैठकमा छलफलको तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते बालकोटस्थित ओलीको घर जलाइएको थियो ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पनि तोडफोड र आगजनी भएको थियो ।












