एसिया कप क्रिकेटः रोमाञ्चक बनेको फाइनल खेलमा पाकिस्तानलाई हराउँदै भारतले उचाल्यो उपाधि

Thankot Times

थानकोट ।

एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ ।

गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो ।

यस्तै, भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो ।

अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक चौका प्रहार गरे ।

भारतका लागि तिलक बर्माले ६९ रन बनाए । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो । पाकिस्तानका सहिबजादा फरहानले ५७ रन बनाए ।

बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *