युनिटी कप टी-२० सिरिज: नेपाल र वेस्ट इन्डिजबीचको दाेश्राे खेल आज
थानकोट ।
दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलामा आज (असोज १३) नेपालले दोस्रो खेल खेल्दै छ ।
नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।
नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो । उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ ।
नेपाली टिम आज युनाइटेड अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिने छ ।
आजको खेलपछि तेस्रो तथा शृंखलाको अन्तिम खेल मंगलबार हुने तालिका छ ।














