चित्लाङबाट थानकोटतर्फ आइरहेको ट्याक्सी सेतो पहरामा दुर्घटना, चालक घाइते
थानकोट ।
गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) मा सोमबार बेलुका एउटा ट्याक्सी दुर्घटना भएको छ ।
साँझ ६ बजेतिर भएको सो दुर्घटनामा ट्याक्सी चालक घाइते भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रहरीका अनुसार रामेछापका ५५ वर्षीय चालक डम्बर बहादुर मगरले हाँकेको बा २ ज २७७५ नम्बरको उक्त ट्याक्सी सेतो पहरा क्षेत्रको ओरोलोमा ब्रेक फेल हुँदा सो दुर्घटना भएको हो ।
ट्याक्सीमा उनी मात्र सवारी थिए, ट्याक्सी चित्लाङबाट काठमाडाैंतर्फ आउँदै गरेको थियो ।
घाइते चालकको स्थानीय तथा प्रहरीको सहयोगमा साँझ नै उद्धार भएको छ ।
उनी बोल्न सक्ने अवस्थामा छन र टाउकोमा चोट लागेको प्रहरीको भनाइछ ।
हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।












