युवाहरुले ज्यान गुमाएको दु:खमा यो वर्ष प्रधानमन्त्री कार्कीले टिका नलगाउने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

बडादशैँको अवसरमा सोमबार शुभकामना दिँदै उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले तोकिएको मितिमा प्रतिनिधि सभाको चुनाव गराउने प्रतिबद्धता जनाएकी हुन् ।

प्रधानमन्त्री कार्कीले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताइन् ।

स्वदेश तथा विदेशमा रहेका सबै नेपाली भाषीहरूमा सुख शान्तिको कामना गरेकी छन् ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ