राष्ट्रिय क्रिकेट टोलीलाई नेकपा (माओवादी केन्द्र)का नेता प्रचण्डले दिए बधाई
थानकोट ।
वेस्ट इन्डिजविरुद्धको टी-ट्वेन्टी सिरिजमा लगातार दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिँदै संकटको घडीमा आशा र उत्साह जगाउने यो ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरेका छन् ।
‘राष्ट्रिय क्रिकेट टिम नेपाल, तपाईं हामी सबैको अभिमान र गौरव, हार्दिक बधाई’ प्रचण्डले भने ।
उनले यस अवसरमा राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाइएका रंगशालाहरूको पूर्वाधार निर्माणलाई सरकारले अझ प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
नेपालले वेस्ट इन्डिजविरुद्ध शनिबार सम्पन्न पहिलो र सोमबार सम्पन्न दोश्रो खेलमा जित हात पारेपछि चाैतर्फी चर्चा भइरहेको छ ।
तेस्रो खेल आज साँझ ८ः१५ बजे सुरु हुने तालिका छ ।














