अफगानिस्तानमा इन्टरनेट सेवा बन्द

Thankot Times

थानकोट ।

अफगानिस्तानमा तालिबान सरकारले देशभर सञ्चार सेवा बन्द गरेको छ।

इन्टरनेट निगरानी संगठन नेटब्लक्सको रिपोर्ट अनुसार अहिले अफगानिस्तानमा पूर्ण कनेक्टिविटी ब्ल्याकआउटको अवस्था रहेको छ।

‘अनैतिकता’ नियन्त्रण गर्ने भन्दै तालिबानले केही हप्ताअघिदेखि फाइबर-अप्टिक इन्टरनेट तारहरू काट्न सुरु गरेको थियो।

समाचार एजेन्सी एएफपीले राजधानी काबुलमा यसको कार्यालयसँग सम्पर्क गुमाएको छ।

फोन, मोबाइल, इन्टरनेट र स्याटेलाइट टिभी पनि अफगानिस्तान भर बन्द रहेका छन्।

सन् २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामी सरिया कानुनको व्याख्याअनुसार थुप्रै प्रतिबन्धहरू लगाएको छ। अर्को सूचना जारी नभएसम्म सञ्चार सेवा बन्द जारी रहने बताइएको छ।
काबुल विमानस्थलबाट हुने उडानहरूमा पनि अवरोध आएको बिबिसीले जनाएको छ।
फ्लाइटराडर २४ का अनुसार मंगलबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वा अवतरण गर्ने तालिकामा रहेका कम्तीमा आठ उडान रद्द गरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *