मलेसियासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

मलेसियासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्।

नेपालले मलेसियासँग पहिलो खेल भोलि (बिहीबार) खेल्नेछ।

नेपालले ८ अक्टुबरसम्म मलेसियासँग टी-२० सिरिज खेल्ने तालिका रहेको क्यानले जनाएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *