प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

Thankot Times

थानकोट ।

 प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।

दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण भएको भन्दै उनले टीका नलगाउने बताएकी हुन्। 

उनले मृतक र धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ