बडादसैं टीकाको दोस्रो दिन: आजपनि मान्यजनको हातबाट टीका-जमरा ग्रहण गरिँदै

Thankot Times

थानकोट ।

दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।

खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ ।

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ समाप्त हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ