जिम्बावे र नामिबिया २०२६ को पुरुष टी-२० विश्वकपमा छनोट

Thankot Times

थानकोट ।

नामिबिया र जिम्बावे पुरुष टी–२० विश्वकप २०२६ मा छनोट भएको छ ।

अफ्रिका छनोटको सेमिफाइनलमा तान्जानियालाई हराउँदै नामिबियाले २०२६ को पुरुष टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो ।

अर्को सेमिफाइनलमा जित निकाल्दै जिम्बावेले पनि विश्वकप खेल्ने पक्का भएको छ।

दक्षिण अफ्रिका भने सिधै छनोट भएर विश्वकपमा पुगिसकेको छ ।

यो नामिबियाको पुरुष टी–२० विश्वकपमा चौथो सहभागिता हुनेछ । नामिबियाले यसअघि २०२१, २०२२ र २०२४ मा पनि भाग लिएको थियो ।

जिम्बावे आईसीसीको पूर्ण सदस्य राष्ट्र भएपनि विश्वकप छनाेट खेल्न परेको हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *