आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक, काठमाडौं-धनगढीको भाडा १७ हजार ५७९ रुपैयाँ

Thankot Times

थानकोट ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।

असोज १६ गते सूचना जारी गर्दै प्राधिकरणले आन्तरिक उडानको भडादर सार्वजनिक गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै भाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ रहेको छ ।

दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्ने भन्दै प्राधिकरणले देशभित्रका विभिन्न स्थानको अधिकतम भाडादर सार्वजनिक गरेको जनाएको छ ।

प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरूबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालालाई निर्देशन दिएको दाबी गरेको छ ।

प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *