टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ।
रोहित कुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन्।
नेपाली टोलीले विश्वकपमा पुग्ने लक्ष्यसहित यस पटकको छनोट खेल्ने तयारी गरेको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग सबै पुरानै खेलाडी परेका छन्। टोलीमा अदिल आलमले स्थान बनाएका छन् भने आरिफ सेख तथा साहब आलम अटाएका छैनन्।
एसिया तथा इष्ट एसिया प्यासेफिक अन्तर्गतको छनोट खेलका लाटि टोली घोषणा भएको हो।
छनोट खेल ८ अक्टोबरदेखि ओमानमा सुरु हुँदैछ।














