चन्द्रागिरि नगर क्षेत्रमा मनसुनजन्य विपद् निम्तिएमा सहायताका लागि कसलाई सम्पर्क गर्ने ?

Thankot Times

थानकोट

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा मनसुनजन्य कुनै विपद् निम्तिएमा कसलाई सहायताका लागि सम्पर्क स्थापित गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

नगर क्षेत्रमा मनसुन जन्य कुनै विपद् निम्तिएको अवस्थामा नगरप्रमुख घनश्याम गिरी, नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, नगरको वातावरण तथा विपद् संयोजक संजय सिग्देल, नगरको वातावरण विपद् शाखा प्रमुख लगायतलाई सम्पर्क गर्न सकिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरि नगर क्षेत्रमा बिहीबारदेखि नै छिटपुट वर्षा भइरहेको छ भने शनिबार दिउँसोदेखि नेपालका विभिन्न क्षेत्रमा भारी तथा अति भारी वर्षा हुने मौसमविद्ले बताएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार उपत्यकामा ८ देखि १० घण्टासम्म भारी वर्षाको सम्भावना छ।

शनिबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना भएकाले शनिबार बेलुका विशेष सतर्कता अपनाउन जरुरी रहेको मौसमविद्को भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले पनि यसअघि मौसम बुलेटिन जारी गरी १७ असोजदेखि २० असोजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको जोखिम रहेकाले सचेतना अपनाउन भनेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यो चार दिनको अवधिमा अनिवार्यबाहेक अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *